पशुपतिनाथ मन्दिर लन्डनको तीज कार्यक्रममा झन्डै एक हजारको संख्यामा उपस्थिती
विशेषत नेपाली हिन्दु महिलाहरुले बिशेष पर्वको रुपमा मनाउदै आएको हरितालिका तीज बेलायतका बिभिन्न शहर हरुमा तीज व्रत, उपासना तथा उत्सव कार्यक्रम हरु आयोजना गरेर मनाईएको छ।
पशुपतिनाथ मन्दिर लन्डनको आयोजनामा साउथ ईस्ट लण्डनको एसिएन कम्युनिटी सेन्टरमा तीज कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ। कार्यक्रममा तीजको उपासना र ब्रत बसेका महिलाहरुलाई पण्डित हरु द्वारा सामुहिक पुजा आराधना गराउनुका साथै तीज पर्वको महत्व माथि पर्वचन समेत गरिएको थियो।
कार्यक्रममा बिभिन्न कलाकार हरुले नृत्य तथा तीज गीतहरु प्रस्तुत गरेका थिए। समुहमा गोलवद्द भएर परम्परागत रुपमा सबै महिला हरुले पुराना गीतहरु गाउँदै नाचेको दृश्य कार्यक्रमको एउटा आकर्षण बनेको थियो। सामुदायीक रुपमा ठुलो संख्यामा उपस्थित महिलाहरुले सामुहिक नाचगानमा निकै मनोरंजन लिएका थिए।
कार्यक्रममा झन्डै एक हजारको संख्यामा उपस्थिती रहेको जानकारी कार्यक्रम संयोजक बिनोद ज्ञवालीले दिएका छन। पशुपति मन्दिर समितीका अध्यक्ष बालजंग अर्यालले स्थानीय महिला हरुको आश्था र मनोरंजनमा टेवा पुर्याउन मन्दिर समितीले यस्तो कार्यक्रमको आयोजना बर्षौ देखी गर्दै आईरहेको बताए।
रातो साडीमा सजिएका महिलाहरुको ताँती कार्यक्रम स्थल तर्फ दिनभरी नै चलिरहँदा कार्यक्रम स्थल वरपरका टाउन सेन्टर लगायतका स्थान हरुमा समेत तीजको रौनक सजिलै महसुस गर्न सकिन्थ्यो।
साडी, गहना र भेषभुषामा सज्जित महिलाहरु पुजा आजा, नाचगान, गफगाफ, सेल्फी, वेल्फी सबैतिर व्यस्त बन्दै रमाएका थिए।
यसैगरी लन्डन साउथलको राम मन्दिरमा पनि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम आयोजक हरुका अनुसार उक्त अवसरमा सयौं महिलाहरुले तीज बिशेष पुजाआजामा सहभागी भएका थिए। नेपाल विश्व हिन्दु महासंघ, बेलायत शाखाको आयोजनामा भएको तीज कार्यक्रमको संयोजन शाखाका अध्यक्ष चिरन्जीवी ढकालले गरेका थिए।
यसैगरी लन्डन अल्पर्टनको सनातन हिन्दु मन्दिर तथा बेलायतको अल्डरसट, बर्मिन्घम, नोटिंगहम, लेस्टर र स्कटल्याण्डका बाक्लो नेपाली वस्ती भएका ग्लास्गो लगायतका स्थानहरुमा स्थानीय सामुदायिक केन्द्र तथा मन्दिरहरुमा नेपाली महिलाहरुले उल्लेख्य उपस्थिती देखाउदै तीज पर्व मनाएका समाचारहरु प्राप्त भएका छन्।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
मातातीर्थ औंसी (आमाको मुख हेर्ने) - 17 April, 2026 बुद्ध जयन्ती / उभौली पर्व / श्रमिक दिवस - 01 May, 2026 राष्ट्रिय गणतन्त्र दिवस - 29 May, 2026 रक्षाबन्धन - 28 August, 2026 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री) - 04 September, 2026 कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027

