लन्डन पशुपतिनाथ मन्दिर पुगे राजदूत दम्पत्ति
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा १ मार्चदेखि पदवहाली गरेका नवनियुक्त राजदूत लोकदर्शन रेग्मी बिहीबार शिवरात्री कार्यक्रममा सहभागी भएका छन् ।
राजदूत रेग्मी श्रीमति र उपनियोग प्रमुख रोशन खनालको परिवारसहित साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
बेलायत सरकारको १० दिने ‘क्वारेन्टिन’ सकिएको भोलिपल्ट राजदूत पहिलो प्रत्यक्ष सार्वजनिक कार्यक्रममा पशुपतिनाथ मन्दिर पुग्दा त्यहां उनको औपचारिक स्वागत तथा सम्मान गरियो ।

‘महामहिमज्यू श्रीमतिले मन्दिर दर्शन गर्ने चाहना व्यक्त गरेपछि बिहानमात्रै खबर गरेर आउनुभयो’, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले भने, ‘उहां नेपाल छंदा पशुपति नियमित जाने गर्नु हुंदो रहेछ, लन्डनमा पनि पशुपतिनाथ मन्दिर टेक्दा नेपालकै जस्तो अनुभूति भयो भन्नुभयो । उहांले आफ्नो तर्फबाट मन्दिरलाई सक्दो सहयोग गर्ने वचन पनि दिनुभएको छ ।’
पशुपति विकास कोषबाट बुधबारमात्रै शिव लिंग आइपुगेको थाहा पाउंदा राजदूत झन् खुशी भएको पनि कंडेलले बताए । अध्यक्ष कंडेलले मन्दिरको इतिहास र यसका गतिविधिबारे अवगत गराउंदै धार्मिक आस्थामात्र होइन, नेपाली समाजलाई सहयोग पनि गरिरहेको बताएका थिए । उनले मन्दिर भवन ‘एक्सटेन्सन’ गरेर शिवालय बनाउने प्रक्रिया बढेको पनि जनाए ।
स्वागत कार्यक्रममा उपनियोग प्रमुख रोशन खनालले दूतावास नेपाली समुदायसंग मिलेर काम गर्न तयार रहेको बताएकी थिइन् ।

समितिकी सचिव कल्पना त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दासु पाण्डले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, शिवरात्रीका अवसरमा भक्तजनहरुले मन्दिर बाहिर स्थापना गरिएको शिव लिंग दर्शन गरे । भक्तहरुलाई ‘वान वे सिस्टम’ र मास्क अनिवार्य गरिएको समितिले जनाएको छ । बिहान ८ देखि अपरान्ह ६ बजेसम्म चारवटा आरती गरिएको छ ।
सो अवसरमा दुई जना आजीवन सदस्यहरु प्रेम श्रेष्ठ र माया दिदीलाई स्वागत पनि गरिएको थियो । मन्दिरमा पूजाआजा तथा आरती सञ्चालन पण्डित निलहरि घिमिरेले गरेका थिए ।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
मातातीर्थ औंसी (आमाको मुख हेर्ने) - 17 April, 2026 बुद्ध जयन्ती / उभौली पर्व / श्रमिक दिवस - 01 May, 2026 राष्ट्रिय गणतन्त्र दिवस - 29 May, 2026 रक्षाबन्धन - 28 August, 2026 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री) - 04 September, 2026 कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027

