लण्डन पशुपतिनाथ मन्दिरमा करिब डेढ सयले लगाए कोभिड खोप
लन्डन । साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आइतबार करिब एक सय ५० जनाले कोभिड खोप लगाएका छन् ।
बिहान १० देखि दिउंसो २ बजेसम्म नेपाली तथा गैरनेपाली समुदायका सदस्य समेतले खोप लिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले जानकारी दिए ।
समितिले स्थानीयहरुको सुविधालाई ध्यानमा राख्दै मन्दिर प्रांगणमै खोप वितरणको बन्दोबस्त मिलाएको थियो ।
समितिले ५० वर्ष नाघेका र स्वास्थ्य अवस्था प्रतिकुल रहेका १८ वर्षमाथिकालाई खोप लगाउन आह्वान गरेको थियो ।
खोप कार्यक्रममा स्थानीय काउन्सिल लिडर डेनी थोर्ट, काउन्सिलर म्याथयू मरो लगायत नेपाली समुदायका अगुवाहरु पनि सहभागी थिए ।
सो अवसरमा मन्दिरको युथ ग्रुप, आरजिएनएस, चार्ल्टन नेपाली समाज, पासा पुच गुठी, गोर्खा संगठनका प्रतिनिधिहरु लगायतले स्वयमसेवी भूमिका निर्वाह गरेका थिए ।
अध्यक्ष कंडेल र पण्डित निलहरि घिमिरेले गत साता जिपी डाक्टरहरु डा. शर्मा र डा. अनुज चर्तुवेदीसंग बैठक गरेपछि साउथ इष्टमा रहेका नेपालीलाई खोप सुविधा मिलेको हो ।
मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमै खोप वितरणको व्यवस्था गरिदिने सम्बन्धित डाक्टरहरु तथा स्वयंसेवामा खटिने सबै संघसंस्था र सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।
Notice Board
विजया-दशमी सालको टिका शुभ-साइत
यस पावन पर्वको मुख्य टिका ग्रहणको शुभ साइत बिहान १०:३५ बजे। नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका...
Read More