लन्डनस्थित पशुपतिनाथ मन्दिरमै नेपालीलाई कोभिड खोप सुविधा
लन्डन । साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमै कोभिड भ्याक्सिन लिन पाइने भएको छ । पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले ‘भ्याक्सिनेसन मोबाइल बस’ मार्फत मन्दिर प्रांगणमा नेपालीलाई खोप सुविधा दिलाएको हो ।
५० वर्ष नाघेका सबै र स्वास्थ्य अवस्था प्रतिकुल रहेका १८ वर्षमाथिकाले आउंदो १४ मार्च आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म खोप लिन पाउनेछन् ।
सो सुविधा लिन तल दिइएको टेलिफोन नम्बरमा कल गरेर आफ्नो नाम, ठेगाना र फोन नम्बर दर्ता गराउनुपर्ने छ । उक्त दिन ८० जनासम्मलाई खोप दिने लक्ष्य छ ।
पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेल र पण्डित निलहरि घिमिरेले साउथ इष्टमा रहेका नेपालीलाई खोप सुविधाका लागि पहल गरेका थिए । जिपी डक्टरहरु डा. शर्मा र डा. अनुज चर्तुवेदीसंग कंडेल र घिमिरेले आज शनिबार बैठक गरेपछि नेपालीलाई यो सुविधा मिलेको हो ।
पहिलो चरणको खोप कार्यक्रम हेरेर भविष्यमा कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गरिने पण्डित घिमिरेले बताए ।
मोबाइल बसमा डाक्टर, नर्ससहित स्वयंसेवक टोली आउनेछन् । एनएचएस ग्रीनवीच सीसीजीले ग्रीनवीचमा सञ्चालन गरेको डबल डेकर बसभित्र दुईवटा क्लिनिकल बुथ हुनेछ ।
नाम टिपाउन सम्पर्क:
नरेन्द्र कंडेल- 07415 102310
पण्डित निलहरि घिमिरे- 07838 820518
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
सिथि च:ह्रे पूजा- 26 May, 2025 दही-चिउरा खाने दिन- 29 June, 2025 गुरु पूर्णिमा- 10 July, 2025 नाग–पञ्चमी-साउन- 29 July, 2025 खीर खाने- 30 July, 2025 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री)- 16 August, 2025 कुशेऔंसी / पिता सम्मान दिवस- 23 August, 2025 हरितालिका (तीज) व्रत- 26 August, 2025 विश्वकर्मा पूजा- 17 September, 2025 घटस्थापना- 22 September, 2025 फूलपाती- 29 September, 2025 महाष्टमी व्रत- 30 September, 2025 महानवमी- 01 October, 2025 विजया दशमी (दशैको टिका )- 02 October, 2025 श्वानपूजा (कुकुर तिहार)- 20 October, 2025 दीपावली (लक्ष्मी पूजा)- 21 October, 2025 गोवर्द्धन पूजा- 22 October, 2025 भाइटीका (किजा पूजा)- 23 October, 2025 छठपर्व- 27 October, 2025 क्रिसमस- 25 December, 2025