Opening Hours - 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati - 10:00am)
Evening: 5:00pm to 6:0pm (Aarati - 5:00 pm)

लन्डनस्थित पशुपतिनाथ मन्दिरमै नेपालीलाई कोभिड खोप सुविधा


शुक्रबार ११ भाद्र, २०७८
4037

लन्डन । साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमै कोभिड भ्याक्सिन लिन पाइने भएको छ । पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले ‘भ्याक्सिनेसन मोबाइल बस’ मार्फत मन्दिर प्रांगणमा नेपालीलाई खोप सुविधा दिलाएको हो ।

५० वर्ष नाघेका सबै र स्वास्थ्य अवस्था प्रतिकुल रहेका १८ वर्षमाथिकाले आउंदो १४ मार्च आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म खोप लिन पाउनेछन् ।

सो सुविधा लिन तल दिइएको टेलिफोन नम्बरमा कल गरेर आफ्नो नाम, ठेगाना र फोन नम्बर दर्ता गराउनुपर्ने छ । उक्त दिन ८० जनासम्मलाई खोप दिने लक्ष्य छ ।

पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेल र पण्डित निलहरि घिमिरेले साउथ इष्टमा रहेका नेपालीलाई खोप सुविधाका लागि पहल गरेका थिए । जिपी डक्टरहरु डा. शर्मा र डा. अनुज चर्तुवेदीसंग कंडेल र घिमिरेले आज शनिबार बैठक गरेपछि नेपालीलाई यो सुविधा मिलेको हो ।

पहिलो चरणको खोप कार्यक्रम हेरेर भविष्यमा कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गरिने पण्डित घिमिरेले बताए ।

मोबाइल बसमा डाक्टर, नर्ससहित स्वयंसेवक टोली आउनेछन् । एनएचएस ग्रीनवीच सीसीजीले ग्रीनवीचमा सञ्चालन गरेको डबल डेकर बसभित्र दुईवटा क्लिनिकल बुथ हुनेछ ।

नाम टिपाउन सम्पर्क:

नरेन्द्र कंडेल- 07415 102310

पण्डित निलहरि घिमिरे- 07838 820518

Notice Board

बशन्तपंचमी सरस्वति पुजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...

Read More

आगामी पर्व तथा कार्यक्रमहरु


राष्ट्रिय गणतन्त्र दिवस - 29 May, 2026 रक्षाबन्धन - 28 August, 2026 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री) - 04 September, 2026 कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027 श्री स्वस्थानी व्रत शुरु - 22 January, 2027 सोनाम (तामाङ) ल्होसार - 07 February, 2027