Opening Hours — 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati — 10:00am)
Evening: 5:30pm to 7:00pm (Aarati — 6:30pm)

लन्डनमा रक्षाबन्धनको रौनक (तस्विरहरु)


शुक्रबार ११ भाद्र, २०७८
4242

लन्डन । आइतबार जनैपूर्णिमा पर्व बेलायतवासी नेपालीहरुले पनि मनाएका छन् ।

साउथ इष्ट लन्डनको पशुपतिनाथ मन्दिर, अल्डरसटको शिव मन्दिरसहितका स्थानमा स्थानीय नेपालीहरुले सामूहिक रुपमा रक्षाबन्धन गरी जनैपूर्णिमा मनाएका छन् । मन्दिर नजिक नरहनेहरुले पनि परिवार र आफन्तहरुमाझ घरघरमा रक्षाबन्धन गरेका छन् ।

प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा बिहान आठै बजेदेखि रक्षाबन्धन कार्यक्रम शुरु भएको थियो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी समेत मन्दिर पुगेर रक्षाबन्धन गरेका थिए ।

मन्दिरमा दिउँसो २ बजेसम्म रक्षाबन्धन तथा जनै वितरण गरिएको थियो । जसमा स्थानीय सयौं नेपालीले उत्साहजनक रपमा भाग लिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले जानकारी दिए ।

विगतका वर्षहरुमा भन्दा पनि अझै धेरै भक्तजनहरुले रक्षाबन्धन कार्यक्रममा भाग लिएको उनले बताए ।

मन्दिरमा जनैपूर्णिमा विशेष पूजा अर्चना समेत गरिएको थियो । मन्दिरका पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीले पूजा सञ्चालन गरेका थिए । पण्डितत्रयले उपस्थित भक्तालुहरुलाई रक्षाबनधन तथा जनै वितरण गरेका थिए ।

Notice Board

बशन्तपंचमी सरस्वति पुजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...

Read More