तीजको दिन प्लमस्टिड पशुपतिनाथ मन्दिरमा पूजाआजा र नाचगान
लन्डन।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले गर्दै आएको तीज विशेष कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ।
यही अगस्ट ३० तारिख मंगलबार तीजकै दिन पारेर प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा पूजाआजा र नाचगानसहित कार्यक्रम गरिने भएको हो।
दिउँसो दुईदेखि बेलुका करिब ९ बजेसम्म चल्ने कार्यक्रमको शुरुमा व्रतालु महिलाहरुले सामूहिक तीज विशेष पूजा गर्नेछन्। सो पूजा मन्दिरका मूल पन्डित निलहरि घिमिरेले सञ्चालन गर्नेछन्।
पूजाआजा कार्यक्रमपछि दिनभर नाचगानको कार्यक्रम रहनेछ। डिजे हेम विष्टले तीजका विभिन्न भाकाहरु बजाएर महिलाहरुलाई दिनभर नचाउनेछन्।
कार्यक्रममा सहभागिताका लागि ५ पाउन्ड प्रवेश शुल्क लाग्नेछ । व्रतालु महिलाहरुका लागि पानी, फलफूल र चियाकफीसम्मको व्यवस्था भने मन्दिरले मिलाउनेछ।
मन्दिर समितिका अध्यक्ष दासुराम पाण्डेले तीज विशेष कार्यक्रममा स्थानीय मात्र नभइ लन्डनका अन्य क्षेत्र र आसपासबाट समेत गरी ५ सय बढी नेपाली महिलाको सहभागिता हुने अपेक्षा गरिएको बताए।
झन्डै दुई दशक लामो समयदेखि यो कार्यक्रम लगातार वर्षेनी आयोजना हुँदै आएको अध्यक्ष पाण्डेले जनाए।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
क्रिसमस- 25 December, 2025 माघे संक्रान्ति- 15 January, 2026 सोनाम (तामाङ) ल्होसार- 19 January, 2026 श्री स्वस्थानी व्रत समाप्त- 01 February, 2026 महाशिवरात्रि- 15 February, 2026 फागुपूर्णिमा- 03 March, 2026 चैते दशैँ- 26 March, 2026 रामनवमी ब्रत (रामजयन्ती )- 27 March, 2026

