Opening Hours - 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati - 10:00am)
Evening: 5:00pm to 6:0pm (Aarati - 5:00 pm)

तीजको दिन प्लमस्टिड पशुपतिनाथ मन्दिरमा पूजाआजा र नाचगान


शुक्रबार १० भाद्र, २०७९
3552

लन्डन।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले गर्दै आएको तीज विशेष कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ।

यही अगस्ट ३० तारिख मंगलबार तीजकै दिन पारेर प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा पूजाआजा र नाचगानसहित कार्यक्रम गरिने भएको हो।

दिउँसो दुईदेखि बेलुका करिब ९ बजेसम्म चल्ने कार्यक्रमको शुरुमा व्रतालु महिलाहरुले सामूहिक तीज विशेष पूजा गर्नेछन्। सो पूजा मन्दिरका मूल पन्डित निलहरि घिमिरेले सञ्चालन गर्नेछन्।

पूजाआजा कार्यक्रमपछि दिनभर नाचगानको कार्यक्रम रहनेछ। डिजे हेम विष्टले तीजका विभिन्न भाकाहरु बजाएर महिलाहरुलाई दिनभर नचाउनेछन्।

कार्यक्रममा सहभागिताका लागि ५ पाउन्ड प्रवेश शुल्क लाग्नेछ । व्रतालु महिलाहरुका लागि पानी, फलफूल र चियाकफीसम्मको व्यवस्था भने मन्दिरले मिलाउनेछ।

मन्दिर समितिका अध्यक्ष दासुराम पाण्डेले तीज विशेष कार्यक्रममा स्थानीय मात्र नभइ लन्डनका अन्य क्षेत्र र आसपासबाट समेत गरी ५ सय बढी नेपाली महिलाको सहभागिता हुने अपेक्षा गरिएको बताए।

झन्डै दुई दशक लामो समयदेखि यो कार्यक्रम लगातार वर्षेनी आयोजना हुँदै आएको अध्यक्ष पाण्डेले जनाए।

Notice Board

बशन्तपंचमी सरस्वति पुजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...

Read More

आगामी पर्व तथा कार्यक्रमहरु


मातातीर्थ औंसी (आमाको मुख हेर्ने) - 17 April, 2026 बुद्ध जयन्ती / उभौली पर्व / श्रमिक दिवस - 01 May, 2026 राष्ट्रिय गणतन्त्र दिवस - 29 May, 2026 रक्षाबन्धन - 28 August, 2026 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री) - 04 September, 2026 कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027