लन्डन पशुपतिनाथ मन्दिरको ट्रष्टी बोर्ड संयोजक चुनिए नरेन्द्र कंडेल

लन्डन- लन्डन प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको ट्रष्टी बोर्ड संयोजकमा नरेन्द्र कंडेल नियुक्त भएका छन्।
शनिबार 16th May 2026 सम्पन्न ट्रष्टी बोर्ड बैठकले मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् संस्थापक ट्रष्टीमध्ये एक उनलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो।
२ वर्षे कार्यकालका लागि जिम्मेवारी पाएका कंडेलले यसअघि सन् २०१९ देखि २०२१ सम्म व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
ट्रष्टी बोर्ड संयोजकका रुपमा उनले अब ट्रष्टी बैठक अध्यक्षता गर्ने, एजेन्डा तय गर्ने, व्यवस्थापन समितिसंग समन्वय गर्ने, मन्दिर परिसरमा हेल्थ एण्ड सेफटीदेखि दैनिक अपरेसनसम्मका कार्य नियमित सञ्चालनको लागि वातावरण बनाउनेलगायतका भूमिका निर्वाह गर्नेछन्।
ट्रष्टी बोर्ड संयोजकमा सर्वसम्मत नियुक्त भएपछि कंडेलले मन्दिरलाई थप व्यवस्थित, पारदर्शी र गतिशिल बनाउने प्रतिवद्धता जनाएका छन्।
मन्दिरलाई बेलायतको नियम कानून पालना गरेर सञ्चालन गर्ने, प्लानिङ पर्मिसनका काम पूरा गर्ने, थप पण्डित व्यवस्थापन गर्ने, मन्दिर खुल्ने समय बिस्तार गर्ने, किचन स्तरोन्नति गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना उनका छन्। ट्रष्टी बोर्डका सबै सदस्य, मन्दिर व्यवस्थापन समिति र सरोकारवाला सबैसंग समन्वय र सहकार्य गर्ने उनले बताएका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले ट्रष्टी बोर्ड संयोजकमा नियुक्त कंडेललाई बधाई तथा शुभकामना दिंदै मन्दिरको विकास र विस्तारमा व्यवस्थापन समितिको साथ र सहकार्य रहने बताए । उनले कार्यकाल सफलतापूर्वक पूरा गर्ने बोर्डका निवर्तमान संयोजक दासुराम पाण्डेलाई धन्यवाद दिए।
यसअघि बोर्डका निवर्तमान संयोजक दासुराम पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष रोमनाथ पाण्डेले प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष रामकृष्ण अर्यालले आर्थिक विवरण पेश गरेका थिए । बैठकको शुभारम्भमा पण्डित निलहरि घिमिरेले स्वस्तीवाचन गरेका थिए।
बैठकमा मन्दिरको व्यवस्थापन र विकाससम्बन्धि कयौं एजेन्डामा ट्रष्टी बोर्ड सदस्यहरुले छलफल गरेका थिए।
सन् २००३ मा स्थापित पशुपतिनाथ मन्दिर युरोपमै नेपालीहरुबाट निर्मित पहिलो नेपाली मन्दिर हो।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
रक्षाबन्धन - 28 August, 2026 श्रीकृष्ण जन्माष्टमी व्रत (मोहरात्री) - 04 September, 2026 कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027 श्री स्वस्थानी व्रत शुरु - 22 January, 2027 सोनाम (तामाङ) ल्होसार - 07 February, 2027 राष्ट्रिय मगर दिवस - 27 February, 2027

