Opening Hours — 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati — 10:00am)
Evening: 5:30pm to 7:00pm (Aarati — 6:30pm)

लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक रक्षावन्धन, संकलित रकम बाढीपीडितलाई सहयोग


बुधबार १७ भाद्र, २०८३
1150

लन्डन- जनैपूर्णिमा पर्व शुक्रबार बेलायतका नेपालीले पनि मनाएका छन्। विशेष गरी नेपालीहरुको उल्लेख्य बस्ती रहेका कतिपय क्षेत्रस्थित मन्दिरहरुमा सामूहिक रक्षाबन्धन गरिएको छ ।

लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा आयोजित सामूहिक रक्षाबन्धनमा पनि उल्लेख्य संख्याका स्थानीय नेपाली सहभागी बने ।

शुक्रबार बिहानैदेखि दिउंसोसम्ममा करिब १५ सय भक्तजनहरुले मन्दिरबाट डोरो तथा जनै ग्रहण गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिए ।

मन्दिरका पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीलगायतले उपस्थित भक्तजनहरुलाई डोरो तथा जनै वितरण गरेका थिए । साथै, मन्दिरको तर्फबाट सबैलाई प्रसाद, चिया व्यवस्था गरिएको थियो ।

अध्यक्ष पाण्डेले रक्षाबन्धन कार्यक्रममा सहभागी सबै भक्तजन तथा पण्डितहरु, मन्दिरका ट्रष्टी एवम् कार्यसमितिका पदाधिकारी, स्वयमसेवक एवम् सबैलाई मन्दिर व्यवस्थापन समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे।

जनैपूर्णिमाका अवसरमा मन्दिरमा संकलन भएको सबै रकम नेपालका बाढीपीडितका लागि सहयोग गरिने व्यवस्थापन मन्दिर समितिका सचिव भोजराज कंडेलले जानकारी दिए ।

त्यस्तै, सचिव कंडेलकै संयोजकत्वमा मन्दिरले सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमार्फत् बाढीपीडितलाई सहयोग पठाउने अभियान समेत सञ्चालन गरेको छ । Xu

Notice Board

बशन्तपंचमी सरस्वति पुजा

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...

Read More