लन्डन पशुपतिनाथ मन्दिरमा सेप्टेम्बर १४ मा तीज पर्व: बाढीपीडित सहयोगार्थ भजन, पूजा, नाच तथा राहत संकलन हुने
लन्डन।लन्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरितालिका तीज २०२६ को अवसर पारेर विशेष “तीज तथा नेपाल बाढीपीडित राहत संकलन कार्यक्रम” आयोजना गर्ने भएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२६ (सोमबार) दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरण बिहान ८:३० बजे प्लमस्टिडस्थित मन्दिर परिसरमा हरितालिका तीजको अवसरमा सामूहिक पूजा, नित्य आरती तथा धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछ।
त्यसपछि दोस्रो चरण दिउँसो २:०० बजेदेखि साँझ ८:०० बजेसम्म Asian Community Centre, Plumstead मा हरितालिका तीज तथा राहत संकलन कार्यक्रम आयोजना गरिनेछ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको बताए।
पशुपतिनाथ मन्दिरका मूल पण्डित निलहरि घिमिरेको सामूहिक पूजा, मंगलाचरण, दीप प्रज्वलन, स्वस्तिवाचन लगायत धार्मिक अनुष्ठानका साथै बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विशेष प्रार्थना गरिनेछ।
कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी तथा दूतावास परिवार, स्थानीय मेयर, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू अन्य समुदाय, नेपाली संघ–संस्था तथा दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहने ट्रस्टी संयोजक तथा पूर्व अध्यक्ष नरेन्द्र कंडेलले बताए।
कार्यक्रमको मुख्य उद्देश्य नेपालका बाढीपीडित परिवारहरूका लागि राहत संकलन गर्नु रहेको आयोजकले जनाएको छ। सो अवसरमा विभिन्न संघ–संस्था तथा समुदायबाट सहयोग घोषणा तथा हस्तान्तरणसमेत गरिनेछ।
औपचारिक कार्यक्रमपछि तीजका मौलिक गीत, नृत्य, भजन–कीर्तन तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्, जसले समुदायबीच आपसी सद्भाव, एकता र सहयोगको सन्देश प्रवाह गर्ने मन्दिरकी उपाध्यक्ष एबम कार्यक्रम संयोजक तारा भट्टराईले बताइन् ।
आयोजकले सबै नेपाली तथा बृहत् समुदायलाई सपरिवार उपस्थित भई तीज पर्वको धार्मिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्दै विपत्तिमा परेका दाजुभाइ–दिदीबहिनीहरूको सहयोगमा हातेमालो गर्न हार्दिक अपिल गरेका छन्।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
कुशेऔंसी / पिता सम्मान दिवस / बुवाको मुख हेर्ने - 11 September, 2026 हरितालिका (तीज) व्रत - 14 September, 2026 जीवतपुतृका ब्रत/जितियापर्व - 04 October, 2026 घटस्थापना - 11 October, 2026 फूलपाती - 17 October, 2026 महाष्टमी व्रत - 18 October, 2026 विजया दशमी (दशैको टिका ) - 21 October, 2026 दीपावली (लक्ष्मी पूजा) - 08 November, 2026 भाइटीका - 11 November, 2026 छठपर्व - 15 November, 2026 गुरु नानक जयन्ती (शिख धर्मावलम्बी) - 24 November, 2026 उँधौली पर्व - 24 December, 2026 क्रिसमस - 25 December, 2026 तमु (गुरुङ) ल्होसार - 30 December, 2026 माघे संक्रान्ति - 15 January, 2027 श्री स्वस्थानी व्रत शुरु - 22 January, 2027 सोनाम (तामाङ) ल्होसार - 07 February, 2027 राष्ट्रिय मगर दिवस - 27 February, 2027 महाशिवरात्रि व्रत - 06 March, 2027 ग्याल्पो ल्होसार - 09 March, 2027

