Opening Hours - 2 times Everyday

Morning: 8:00 am to 10:30 am (Aarati - 10:00am)
Evening: 5:00pm to 6:0pm (Aarati - 5:00 pm)

निर्वाचन सम्बन्धि सुचना


सोमबार १ बैशाख, २०७७
1739

श्री पशुपतिनाथ मन्दिर प्लमस्टिड लन्डनको वार्षिक साधारण सभा तथा मन्दिर व्यवस्थापन समितीको निर्वाचन वार्षिक साधारण सभा अन्तर्गत निम्न बमोजिम हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना सम्प्रेषण गरिएको छ

साधारण सभा तथा निर्वाचन हुने स्थान मिति समय र स्थान :
मिति : २३ जुन आईतवार
समय : दिनको १ बजे
स्थान : Charlton Assembly Room
Charlton Village London SE7 8UD

उम्मेदवारी आव्हान सम्बन्धमा

आव्हान गरिएका पद तथा शुल्क :
अध्यक्ष : १
उपाध्यक्ष : १
सचिव : १
सहसचिव १
कोषाध्यक्ष : १
सहकोषाध्यक्ष : १
सदस्य : ६
उम्मेद्वारी शुल्क
अध्यक्ष : £५००
सचिव :£३००
सह सचिव : £२५०
कोशाधक्ष्य:£२५०
सदस्य: £१००

उम्मेद्वारी दर्ता सम्बन्धमा : 
व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यको उम्मेदवार हुन चाहने ईच्छुक व्यक्तिहरुले निम्न प्रक्रिया र तालिका बमोजिम निर्वाचन समितीको कार्यालय 320 Shooters hill Road London SE18 4LT मा निर्वाचन समितीले उपलब्ध गराएको फाराम रित पूर्वक भरी जुन १८ शुक्रवार साझ ५ बजे भित्र आइपुग्ने गरी हुलाक मार्फत पठाउनु पर्ने छ । उम्मेदवारी शुल्क भुक्तानी नगद छेक अथवा मन्दिरको खातामा बैंक ट्रान्सफर मार्फत गर्न सकिने छ ।
उम्मेद्वारी फाराम निर्वाचन समितीको कार्यालय अथवा मन्दिर परिसरमा उपलब्ध गराईने छ । Alternatively, you can download the form from this link:  Download Application of candidacy for Election in 2019

पशुपतिनाथ मन्दिरको उम्मेदवार हुनको लागी मन्दिरको विधानले तोके बमोजिमको रित पुगेको व्यक्ति हुनु पर्नेछ ।
निर्वाचन र उम्मेद्वारी सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितीमा निहित हुने छ ।

निर्वाचन मताधिकारको लागि मन्दिरको ट्रस्टी तथा आजीवन सदस्यहरु स्वत योग्य हुनेछन । साधारण सदस्यको हकमा जुन १८ तारिख भित्र साधारण सदस्यता लिइसकेका व्यक्ति मात्र मताधिकारको लागि योग्य मानिने छ ।

दावी विरोध तथा अन्तिम उम्मेद्वारी सम्बन्धमा :
कुनै उम्मेदवार माथिको दावी विरोध १९ जुन शनिवार सम्म निर्वाचन समितीमा सप्रमाण पठाईसक्नु पर्ने छ ।
उम्मेद्वारको अन्तिम नामावली २० जुन सोमबार ५ बजे प्रकाशन गरिने छ ।
निर्वाचन सम्बन्धि कार्यतालिका सुचना र सम्पूर्ण अपडेटहरु मन्दिर परिसरको सूचना बोर्ड, मन्दिरको आधिकारिक फेशबुक पेज र भाईबर ग्रुप लगायतका स्थानमा प्रकाशन र सम्प्रेषण गरिने छ ।

निर्वाचन सम्बन्धि थप जानकारीको लागि निर्वाचन समितिका सदस्य तथा वर्तमान मन्दिर व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यहरु मार्फत प्राप्त गर्न सकिने छ ।
साधारण सभाको दिन निर्वाचन सम्पूर्ण प्रक्रिया साधारण सभा स्थलमा समेत प्रकाशन गरिने छ ।

निर्वाचन समिति संयोजक 
होम शर्मा: ०७८५९०२१०७४ 
ईमेल : homsharma@gmail.com

Notice Board

बालबालिका का लागी योग, ध्यान र  प्रशिक्षण शिविर

अध्यात्म र मानवताको सन्देश लिएर संसार भरी घुमिरहनूभएका काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि नाथ योगी लन्डन आउनू भएको छ । यस अवसर मा श्री पशुपतिनाथ मन्दिर प्लमस्टेड लन्दन कार्य समिति ले मन्दिर का मूल गुरु श्री नील हरि घिमिरे ज्यु को नेतृत्वों मा 4th April 2024 Thursday का दिन बिहान १० बजे देखी बेलुका ५ बजे सम्म  बालबालिका का लागी योग, ध्यान र  प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। साथै प्रसाद को पनी व्यवस्था गरीएको छ। आफ्ना बाल...

Read More

आउँदा दिनहरु

  • 08 May: मातातीर्थ औंसी - वैशाख २६, २०८१ | 08 May, 2024 | बुधवार
  • 23 May: बुद्ध जयन्ती - जेठ १०, २०८१ | 23 May, 2024 | बिहीवार
  • 28 May: राष्ट्रिय गणतन्त्रदिवस - जेठ १५, २०८१ | 28 May, 2024 | मंगलवार
  • 29 Jun: दही-चिउरा खाने दिन - असार १५, २०८१ | 29 June, 2024 | शनिवार
  • 17 Jul: तुलसी रोपण - साउन ०२, २०८१ | 17 July, 2024 | बुधवार
  • 21 Jul: गुरु पूर्णिमा - साउन ०६, २०८१ | 21 July, 2024 | आइतवार
  • 30 Jul: खीर खाने दिन - साउन १५, २०८१ | 30 July, 2024 | मंगलवार
  • 09 Aug: नाग–पञ्चमी - साउन २५, २०८१ | 09 August, 2024 | शुक्रवार
  • 19 Aug: रक्षाबन्धन - भदौ ०३, २०८१ | 19 August, 2024 | सोमवार
  • 26 Aug: श्रीकृष्ण जन्माष्टमी व्रत - भदौ १०, २०८१ | 26 August, 2024 | सोमवार
  • 06 Sep: हरितालिका (तीज) व्रत - भदौ २१, २०८१ | 06 September, 2024 | शुक्रवार
  • 25 Sep: जितियापर्व - असोज ०९, २०८१ | 25 September, 2024 | बुधवार
  • 03 Oct: घटस्थापना - असोज १७, २०८१ | 03 October, 2024 | बिहीवार
  • 10 Oct: फूलपाती - असोज २४, २०८१ | 10 October, 2024 | बिहीवार
  • 11 Oct: महाष्टमी व्रत - महानवमी - असोज २५, २०८१ | 11 October, 2024 | शुक्रवार
  • 12 Oct: विजया दशमी - असोज २६, २०८१ | 12 October, 2024 | शनिवार
  • 31 Oct: लक्ष्मी पूजा - कार्तिक १५, २०८१ | 31 October, 2024 | बिहीवार
  • 01 Nov: गाइतिहार पूजा - कार्तिक १६, २०८१ | 01 November, 2024 | शुक्रवार
  • 02 Nov: गोवर्द्धन पूजा - कार्तिक १७, २०८१ | 02 November, 2024 | शनिवार
  • 03 Nov: भाइटीका - कार्तिक १८, २०८१ | 03 November, 2024 | आइतवार