लण्डनको पशुपतिनाथ मन्दिरमा भव्य बन्यो साउने सोमबार, तीज विशेष कार्यक्रम सेप्टेम्बर ९ मा
लन्डन । लन्डनस्थित पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार व्रतालुहरुले उल्लासमय रुपमा पूजाआजा गर्दै व्रत समापन गरेका छन् ।
महिनाभर सोमबार व्रत बसेका महिलाहरु यस दिन बिहानैदेखि मन्दिर पुगेर पूजा अराधाना गरेका थिए ।
यसपटक तीन सय बढी महिलाले मन्दिरमा पूजाआजा गरी व्रत समापन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले बताए । उनका अनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीकी पत्नी चन्द्रा रेग्मी पनि सहभागि भइन् ।
मन्दिरमा बिहानै ७ बजे देखि नै व्रतालु महिलाहरुले पूजाआजा शुरु गरेका थिए । उनीहरुले बिहान १० बजे सामूहिक रुपमा साउनको व्रत समापन विशेष पूजामा भाग लिएका थिए ।
पूजा कार्यक्रमपछि मन्दिर सत्संग समितिको संयोजनमा भजन किर्तन समेत गरिएको थियो । व्रतालुहरुलाई मन्दिर समितिका कोषाध्यक्ष भोजराज कंडेलको समूहले प्रसाद तयार गरी वितरण गरेको थियो ।
मन्दिरका मूल पण्डित निलहरि घिमिरेले पूजा संचालन गरेका थिए ।
यसैबीच, लन्डन पशुपतिनाथ मन्दिरमा आउंदो आइतबार जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि नै मन्दिरमा जनै तथा डोरो वितरण कार्यक्रम राखिएको छ ।
मन्दिर समितिका अध्यक्ष पाण्डेले जनैपूर्णिमा तथा रक्षाबन्धनमा सहभागी हुन सबै भक्तजनहरुलाई आव्हान गरेका छन् ।
त्यस्तै, पशुपतिनाथ मन्दिरको आयोजनामा वर्षेनी हुँदै आएको तीज विशेष कार्यक्रम सेप्टेम्बर ९ तारिख तीजको दिन आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।
कोभिड महामारीका कारण गत वर्ष मन्दिरमै सिमित गरिएको कार्यक्रम यसपटक भने विगतमा जस्तै प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा गर्ने तयारी छ । गत बर्ष कोभिडले रमाउन नपाएका नेपालीहरु यसपटक बेलायत सरकारले लकडाउन अन्त्य गरेसँगै उल्लासको साथ मनाउने तयारी गरेका छन् ।
Notice Board
बशन्तपंचमी सरस्वति पुजा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे। बशन्तपंचमी सरस्वति पुजा को पावन अबसर मा यहाँहरू को जीवन मा विद्याकी देबी को अनुकम्पाले विद्या, ज्ञान र इस्नेहको प्रवाह बगीरहोस भन्ने कामना का साथ बशन्तऋतु लाई स्वागत गर्दछौ। आऊदो आइतबार 2 feb 2025 का दिन श्री पशुपतिनाथ मन्दिर  लण्डन ले यस वर्ष पनी समुदाय का बाल बच्चाहरु लाई प्रोत्साहन गर्नी हेतु ले बाल बच्चाहरु को साथ मा सरस्वती पुजा गर्नी भएको छ, यहाँहरु ले पनी आफ्ना बच्चाहरु को साथ मा मन्दिर आएर हाम्रो नेपाली...
Read Moreआगामी पर्व तथा कार्यक्रमहरु
क्रिसमस- 25 December, 2025 माघे संक्रान्ति- 15 January, 2026 सोनाम (तामाङ) ल्होसार- 19 January, 2026 श्री स्वस्थानी व्रत समाप्त- 01 February, 2026 महाशिवरात्रि- 15 February, 2026 फागुपूर्णिमा- 03 March, 2026 चैते दशैँ- 26 March, 2026 रामनवमी ब्रत (रामजयन्ती )- 27 March, 2026
 
            